अखिल (क्रान्तिकारी) शैक्षिक आन्दोलनमा पृथक इतिहास बोकेको संगठन हो – उपाध्यक्ष सिंह
२२ भदौ काठमाडौं। माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ओखलढुंगाको ८ औं सम्मेलनबाट सुशान्त लामाको अध्यक्षतामा ५१ सदस्य कमिटी गठन गर्दै सम्पन्न भएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष पन्चा सिंहले शिक्षा क्षेत्रमा देखिएको अनियमिततालाई चिर्नेतर्फ अबको विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्ने बताइन्।
अखिल (क्रान्तिकारी) देशको शैक्षिक आन्दोलनमा पृथक् इतिहास बोकेको संगठन हो। प्रतिगमनको आन्दोलनमा प्रमुख भूमिका खेलेको छ। अबको अभिभारा पुनः शैक्षिक क्षेत्रमा व्याप्त अनियमिततालाई समेत चिर्ने हुनेछ। अबको विद्यार्थी आन्दोलन र माओवादी केन्द्रले लडेर ल्याएको अधिकारलाई बचाउन सबै विद्यार्थी लाग्नुपर्छ उनले बताइन ।