अखिल (क्रान्तिकारी) सत्ताको भजन गाउने संगठन होइन – अध्यक्ष तामाङ
२२ भदौ काठमाडौ । आज माओवादी केन्द्र निकट अखिल( क्रान्तिकारी ) का अध्यक्ष रन्जित तामाङले विद्यार्थीको अन्दोलनलाई सानो नठानन् सरकारलाई चेतावनी दिएका छन ।
राष्ट्रिय र स्वाधीनता विषयमा खेलवाड गर्ने छुट कसैलाई नभएको उनले वताए । अमेरिकी हस्तक्षेप वढ्न थालेकोमा चिन्ता ब्यक्त गर्दै कुनैपनि हालतमा एमसिसि पास हुन नदिने समेत बताए । उनले भने- २२औ राष्ट्रिय सम्मेलन सडकमा गर्न तयार छौ तर राष्ट्रघाती एमसिसि पास हुन दिइने छैन ।
आरआर क्याम्पसको २३औ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने – अखिल (क्रान्तिकारी) सत्ताको भजन गाउने संगठन होईन राष्ट्रिय एकता र सहमति विना जबर्जस्ती एमसिसि पास गर्ने हर्कत गरिए विद्यार्थी आन्दोलनको आंधिवेहरीले देउवा सरकारलाई नै वढार्नेछ। राष्ट्रिय सम्मेलन पश्चात यथाशिग्र रूपमा स्ववियुको निर्वाचन माग गर्दछौ ।