माधव नेपाललाई अध्यक्ष ओलीले दिए यस्तो संज्ञा


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
10.5K
SHARES

२२ भदौ पोखरा। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी गठन गरेका माधव कुमार नेपाललाई प्युसोको संज्ञा दिएका छन् । आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल जस्ता प्युसोहरुलाई उभ्याएर एमाले समाप्त पार्ने अभियान चलाईएको भन्दै त्यसले केही फरक नपर्ने बताए ।

उनले ‘एमालेलाई माधव नेपाल त के कुनै पनि विपक्षीले हेर्न समेत नसक्ने ठोकुवा गरे । काँग्रेस समेत एमालेसँग लड्न डराईरहेको छ , अनि माधव नेपालको प्युसो उम्रिन नपाई एमालेसँग लड्ने सपना देख्न थालेको भन्दै कटाक्ष गरे ।
उनले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाई जम्मा भन्दै देउसी खेलेको पनि टिप्पणी गरे ।

उनले ५२ सालमा पनि अदालतले मनमोहन अधिकारीलाई प्रधानमन्त्रीबाट हटाएको र अहिले अदालतले नै परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाएको भन्दै ब्यग्य गरे ।