२ जेठमा जस्ताको तस्तै फर्किन सकिदैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
6.3K
SHARES

२२ भदौ पोखरा । आज एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् ।

पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताए ।

“१० बुँदे सहमति विवाद झिक्न होइन, समाधान गर्न हो । २ जेठमा पार्टी जस्ताको तस्तै फर्किन सक्दैन ।”

नेकपाबाट एमाले र माओवादी केन्द्र कानुनी रूपमा अलग भएपनि पार्टी एकता अहिले कायमै रहेको उनको दाबी छ । बरु नेकपाबाट प्रचण्ड समूहमात्रै बाहिरिएको उले बताए ।