देउवा सरकारलाई कुनै पनि गल्ती गर्ने छुट छैन – उपाध्यक्ष गौतम
२२ भदौ चितवन । आज अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष विजय गौतमले चितवनको माडी नगरपालिकामा अखिल (क्रान्तिकारी)को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै देउवा सरकारलाई कुनै पनि प्रकारको गल्ती गर्ने छूट नरहेको बताएका छन। उपाध्यक्ष गौतमले राष्ट्रिय स्वाधीनताको सवालमा गरिने गल्ती त झन सोच्नै नसकिने बताए ।
एमसीसीमा राष्ट्रघात सम्बन्धी प्रावधान रहेको चर्चा गर्दे गौतमले भने, ‘केपी ओलीको असंवैधानिक कदम र कुशासनको बदलामा खडा भएको देउवा सरकारले जनआंकाक्षा विपरीतका,राष्ट्रिय हित प्रतिकूलका काम गर्न थाले माओवादी केन्द्रले समेत गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने अवस्था आउने छ।’ यसका निम्ती संगठनले आन्तरिक र बाह्य खबरदारी जारी राख्ने समेत उनले बताए।