सभामुख कसैको कारिन्दा होइन – नेता पौडेल


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
12.4K
SHARES

२२ भदौ काठमाडौं। माओवादी केन्द्रका नेता देवेन्द्र पौडेललाई आफ्नो पार्टी सम्हाल्न नसक्ने नेकपा एमालेले सभामुखलाई दोष दिन नमिल्ने बताए। सभामुख अग्निप्रसाद सापकोटा कसैको कारिन्दा नभएकाले राजीनामा दिने प्रश्नै नभएको उनको तर्क छ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रममा नेता पौडेलले भने, ‘केपी ओलीले आफ्नो पार्टीलाई सम्हाल्न नसक्ने अनि सभामुखलाई दोष दिने ? उहाँले किन दिने राजीनामा दिने ? उहाँले सभामुखको क्षेत्राधिकारभित्र रहेर काम गर्नुभएको छ। उहाँ नेकपा एमालेको कारिन्दा होइन।

सभामुखले निर्वाचन आयोगमा विचाराधीन मुद्दा भएको र दल विभाजनसम्बन्धी अध्यादेशका कारण एमालेको कारबाहीको सूचना टाँस नगर्नुभएको हो। एमालेले सभामुखलाई अनावश्यक दबाब दिएर लखेट्न मिल्दैन।’ उनले आफूलाई सभामुख प्रस्ताव गर्ने दल या त्यसका नेताप्रति सभामुखको भावनात्मक सहानुभूति हुनु स्वाभाविक भएको पनि बताए।

एमसीसीका केही बुँदालाई नसच्चाए जस्ताको तस्तै पास गर्ने पक्षमा माओवादी केन्द्र नरहेको पनि पौडेलले बताए। उनले भने, ‘हामी एमसीसीका केही बुँदालाई नसच्चाए जस्ताको तस्तै पास गर्ने पक्षमा छैनौं।