मन्त्रिपरिषद विस्तारको तयारी, नौं जना मन्त्री थपिँदै


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
3.6K
SHARES

२३ भदौ काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

बुधबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा मुख्यमन्त्री शाक्य रहेको स्रोतको भनाइ छ । पाँच मन्त्री र चार राज्यमन्त्रीको सपथ बुधबार गराउने तयारी छ । मन्त्रीहरुको नाम टुंगो लगाइसकेको भएपनि सबैको नाम प्राप्त भएको छैन ।

स्रोतका अनुसार, सिन्धुलीका प्रदीप कटुवाललाई सम्भवत पर्यटनमन्त्री बनाउने तयारी छ । त्यस्तै, रामेछापका शान्तराम पौडेल र चितवनका विजय पौडेललाई मन्त्री बनाउने तयारी छ ।

त्यसैगरी, भूगोल र लैंगिक सन्तुलन मिलाउने गरी मन्त्रिपरिषद विस्तारको तयारीमा मुख्यमन्त्री रहेको स्रोतको भनाइ छ ।