विप्लवले एमसीसीविरुद्ध आन्दोलन गर्ने , यस्ता छन कार्यक्रम


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
7.9K
SHARES

२३ भदौ काठमाडौँ । अहिले नेत्रवीक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मीलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विरोधमा आन्दोलनको घोषणा गरेको छ ।

सत्तारुढ गठबन्धनले संसदबाट अनुमोदन गराउने तयारी गरिरहेका बेला विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध आन्दोलनको घोषणा गरेको हो । उसले भदौ २८ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । जसले पार्टीका महासचिव विप्लवले सम्बोधन गर्नेछन् ।

नेकपाले मंगलबार विज्ञप्ति जारी गर्दै एमसिसीको विरोधमा आन्दोलनको घोषणा गरेको हो । नेकपाले भदौ २३ गते देशभरका सबै जिल्लाहरु, स्थानीय तह र सहरहरुमा कोणसभा गर्नेछ । यस्तै भदौ २५ गते देशव्यापी विरोध प्रर्दशन, २६ गते एमसीसी सम्झौताको कागजात जलाउने, भदौ २७ गते जिल्ला सदरमुकाम र ठूला सहरहरुमा सिटी जुलुस गर्ने जनाएको छ ।