एमसिसीले भन्यो : एमसिसी सम्झौताभन्दा नेपालको संविधान माथि (पूर्णपाठ)
२३ भदौ काठमाडौँ । एमसिसीले नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ पठाएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो।
यसअघि सरकारले एमसिसीबारे उठेका विभिन्न सवालहरूमा प्रष्टीकरण माग्दै एमसिसीलाई पत्र पठाएको थियो। एमसिसीले सरकारले सोधेका एक-एक प्रश्नको जवाफ अंग्रेजी र नेपाली दुबै भाषामा पठाएको छ।
सरकारलाई पठाएको जवाफमा एमसिसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, बिनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको, एमसिसी सम्झौताभन्दा नेपालको संविधान माथि रहेको र परियोजनाका लागि प्रयोग हुने जग्गामा नेपाल सरकारको स्वामित्व कायम हुने बताएको छ।
एमसिसी सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको स्पष्ट पारेको छ । एमसिसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नु रहेको एमसिसीले बताएको छ । पाँच वर्षको समयसीमाभित्रै परियोजना सम्पन्न गर्न सर्त आवश्यक रहेको भन्दै एमसिसीले अनुदान रकमको दुरुपयोग नभए रकम फिर्ता गर्नु नपर्ने स्पष्ट पारेको छ ।
एमसिसीसँग सम्बन्धित ११ वटा प्रश्न र तिनका सहायक प्रश्नबारे स्पष्टीकरण सोधेर सरकारले गत साता एमसिसीलाई चिठी पठाएको थियो।
हेर्नुस् एमसिसीले पठाएको जवाफको पूर्णपाठ :
https://drive.google.com/file/d/1T9gwKVDwYS1QeTkNTfd8qA1r429zi2C3/view