सभामुखको टाउको फुटाउने हाम्रो योजना थियो – एमाले सांसद झा
२५ भदौ काठमाडौं ।आज नेकपा (एमाले)का सांसद रेखाकुमारी झाले संसदमा सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको प्रतिक्रिया दिएकी छन् । शुक्रबार (आज) संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले प्रतिपक्षीको विरोधका बीच संसद चलाएको भन्दै टाउको फुटाउने आफूहरुको योजना रहेको बताएकी हुन् ।
सांसद झाले जे पायो त्यसैले टाउको फुटाउने आफूहरुको योजना बताउँदै भनिन्, ‘टाउको फुटाइदिन्थ्यौँ । पहिले गल्ती कसले गरेको हो ?’ यसका साथै उनले प्रतिपक्षीले विरोध गरिरहँदा संसद चलाएमा प्रतिकार गर्ने पनि बताइन् ।