पार्टी प्रवक्ता को भन्ने विषयमा नेता भट्टराईले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
3.2K
SHARES

२६ भदौ काठमाडौं ।आज एमालेका स्थायी कमिटी सदस्य तथा प्रचारविभाग प्रमुख योगेश भट्टराईले पार्टीको प्रवक्ताका विषयमा आगामी बैठकले टुंगो लगाउने बताएका छन् ।

आज बसेको स्थायी कमिटी बैठकपछि उनले प्रवक्ताका विषयमा स्पष्टीकरण दिएका हुन् । एमाले २०७५ जेठ २ मा फर्किएको भनिए पनि भट्टराईले प्रवक्ताको जिम्मेवारी नपाएको भन्दै आलोचना भएको थियो ।

“सबै कमिटीलाई जेठ २ मा फर्काउने भनेका छौं । त्यतिबेला हाम्रो पार्टीमा प्रवक्ता भन्ने थिएन । त्यतिबेला म प्रचारविभाग प्रमुख थिएँ । प्रवक्ता तोकिएको थिएन । प्रचारविभाग प्रमुखले नै मिडियालाई निर्णय जानकारी दिने गर्दा मै प्रवक्ता हो कि भन्ने परेको हो,” उनले भने, “तर, फागुन २३ मा पार्टी एमाले र माओवादीको रुपमा विभाजन भएपछि लामो समय हामीले बैठकमा भाग नै लिएनौं । १० बुँदे प्रस्ताव आएपछि सहमति भएपछि हामी भाग लिन थालेका छौं । प्रवक्ताको पद फागुन २३ पछि सिर्जना भएको हो । त्यतिबेलादेखि प्रदीप कमरेड हुनुहुन्छ । प्रवक्ता म हुने कि उहाँ हुने भन्ने आउने बैठकले टुंग्याउला । अहिले उहाँले नै त्यसको काम गर्नुहुन्छ । प्रचार विभागको काम मैले गर्छु ।”