एमसीसीबारे एमाले पार्टीको यस्तो आयो धारणा
Capital Headline
प्रकाशित मिति :
शनिबार, भाद्र २६ २०७८
5.7K
SHARES
२६ भदौ काठमाडौ । आज एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाले गरेका निर्णयमा एमाले अडिग रहेको बताएका छन् ।
उनले एमसीसीबारे सत्तापक्षको कदम हेरेर एमालेले निर्णय लिने बताए । ‘सत्तारुढ गठबन्धनले पहिले एमसीसीलाई संसद्मा टेबुल गर्नुहुन्छ कि गर्नुहुन्न ? पहिले त्यो हेर्नुपर्यो । टेबुल गर्दा जस्ताको त्यस्तै गर्नुहुन्छ वा संशोधन गर्नुहुन्छ, त्यो पनि क्लियर छैन । त्यसैले हामीले बोल्नु हतारो हुन्छ ।’
उनले शनिबार पत्रकारहरुसँग भने, नेकपा हुँदा नै एमसीसीबारे निर्णय गर्न तीन सदस्यीय कार्यदल बनेको हो । केही संशोधनसहित एमसीसीलाई अघि बढाउने सुझाव त्यो कार्यदलले दिएको हो । यसको अर्थ एमसीसीलाई अघि अस्वीकार गर्ने भन्ने हाम्रो मत होइन ।
कतिपय प्रावधानहरुलाई पुनर्ब्याख्या गरेर राष्ट्रको हितमा प्रावधान राखेर एमसीसी अघि बढाउने भन्ने त्यसबेलाको निर्णय हो । अहिले पनि हाम्रो पार्टी त्यही निर्णयमा कायम छ । त्यसमा पुग्नुअघि दलहरु र सरकारको निर्णय के हुन्छ त्यो हामी हेर्छौं ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट