स्वर्गीय राणाप्रति प्रधानमन्त्रीद्धारा श्रदाञ्जली व्यक्त


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
9.1K
SHARES

२६ भदौ काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेरका कान्छा छोरा पूर्व राजदूत रुक्मशमशेर राणाको निधनप्रति प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बतिसपुतलीस्थित राणाको निवासमा गएर प्रत्रानमन्त्री देउवाले राणाको मृत शरीरमाथि झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गर्दा महामन्त्री शसांक कोईराला सहित अन्य नेता पनि सहभागी थिए ।

लामो समयदेखि मिर्गौलाको समस्यमा रहेका राणाको आज बिहान आफ्नै निवासमा निधन भएको थियो । काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा राणाको ८५ वर्षको उमेरमा निधन भएको हो ।

राणा सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए । भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक थिए ।
राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौं र १३औं सदस्यसचिव भएका थिए । त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व गरेका राणा हाल ओलम्पिक कमिटिका मानार्थ सदस्य थिए ।