एमाले जिउँदो बाघ हो – नेता बस्नेत
२६ भदौ काठमाडौ । आज एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले यो संसदले विकृति र विसंगति मात्रै जन्माउने बताएका छन्। प्रेस चौतारी चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले संसदले विकृति मात्रै जन्माउने र यसले कुनै कानुन र बिजनेस दिन नसक्ने भएकाले चाँडै चुनावमा जानु नै विकल्प रहेको बताए।
‘प्रमुख प्रतिपक्ष दलसँग द्वन्द्व बढाएर पार्टी विभाजनको षडयन्त्रमा जानुभयो भने पार्टी अध्यक्षको शब्द सापटी लिएर भन्छु नेकपा एमालेलाई मरेको बाघ सम्झेर कसैले जुँगा उखेल्ने प्रयास गर्छ भने एमाले ज्युँदो बाघ हो भनेर पटक-पटक देखाउँछौँ,’ उनले भने, ‘हिजो देखाएको त त्यो कास्टिङ मात्रै हो। हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्न तयार छौं। हिम्मत छ भने निर्वाचनमा आउनुस्, हामी भिड्न पनि तयार छौँ।’
एमसीसीको विषयमा बोल्दै एमाले नेता बस्नेतले गठबन्धनको सरकारले निर्णय गरेपछि मात्रै एमालेले आफ्नो धारणा बनाउने बताए। एमाले जनताको इच्छा र चाहना विपरीत जान नसक्ने भन्दै उनले पार्टीको तर्फबाट अहिल्यै धारणा बनाउन हतार हुने समेत बताए।