एमाले संसदीय दलको बैठक आह्वान, मर्यादामा रहेर विरोध गर्न निर्देशन


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
4.7K
SHARES

२६ भदौ काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक बोलाइएको छ । शनिबार च्यासलमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भोलि मध्याह्न १२ बजेका लागि संसदीय दलको बैठक बोलाइएको जानकारी दिए ।

एमाले सांसदले शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए । संसद् विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको भट्टराईले बताए ।

स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्नका लागि निर्देशन पनि दिएको उनले जानकारी दिए ।