एमाले पार्टी विभाजन : देशव्यापी रूपमा ९ % मात्र असर – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
3.7K
SHARES

२६ भदौ काठमाडौं । आज नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

एमालेले देशव्यापी रूपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने जिकिर उनले गरे “केहीले कति असर पर्‍यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौँ,।

उनले भने, तर अब नेकपा (एमाले)ले देशव्यापी रूपमा अभियान चलाए यो २/३ प्रतिशत मा आइपुग्नेछ र नेकपा (एमाले) हिजोभन्दा पनि अझै सबल भएर अघि बढ्छ ।