एमालेमाथि बलमिच्याइँ भयो – नेता भट्टराई
२६ भदौ काठमाडौं। आज प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टीले विरोध जनाउँदै गर्दा प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनीय भएको बताएका छन्।
एमाले बैठकका निर्णयहरु सुनाउँदै सचिव भट्टराईले विरोधका बाबजुद प्रतिस्थापन विधेयक ल्याउने काम पार्टीमाथि बलमिच्याइँ गरेको बताए हुन्।
सचिव भट्टराईले आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौती गरेर हचुवाको भरमा कार्यक्रम थपेको पनि बताए।
सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले पार्टी विभाजनको निम्ति खेलेको भूमिका र निष्पक्षतामाथि पार्टीको टिप्पणी रहेको बताउँदै सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाए।