यहि अवस्थामा एमसीसी पास गर्नु राष्ट्रघात हो – नेता रावल


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
3.4K
SHARES

२६ भदौ काठमाडौं । अहिले नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमसीसी सम्झौता अहिलेकै अवस्थामा अनुमोदन गर्नु राष्ट्रघात हुने बताएका छन् । शनिबार राति ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।

बाह्य शक्तिको हस्तक्षेपमा रहेका देश, सरकार र नेताले बाहेक अरूले राष्ट्रिय हितका कुरा गर्ने उनको भनाइ छ ।

“बाह्य शक्तिको स्वार्थका पृष्ठपोषकहरू राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको कुरा सुन्नासाथ उत्तेजित हुन्छन्,” उनले लेखेका छन्, “उपनिवेश वा बाह्य शक्तिको हस्तक्षेपमा रहेका देश, सरकार र नेताले मात्र राष्ट्रिय हितका कुरा गर्दैनन्, अरूले गर्छन् । एमसीसी सम्झौता यथावत् अनुमोदन गर्नु राष्ट्रघात हुन्छ ।”