हामीले यस कारण संसद् अवरुद्ध गरेका हौ – नेता नेम्वाङ


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८
4.6K
SHARES

२७ भदौ काठमाडौं । आज प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक विना अवरोध सञ्चालनका लागि सत्तापक्ष र सभामुखले अझै पहल नगरेको भन्दै आक्रोश पोखेका छन् ।

पूर्वसभामुखसमेत रहेका नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद् अवरुद्ध पार्नु परेको बताए ।

आइतबार संसद् भवन परिसरमा उनले संसद् अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि संञ्चारकर्मीलाई आग्रह गरे ।