एमसीसी पास गर्नुपर्छ – नेता उदयशमशेर
२७ भदौ काठमाडौं ।आज प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले अमेरिकी सहयोगसम्बन्त्री परियोजना (एमसीसी)लाई पास गर्नुपर्ने बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसी सहयोग अनुदान भएकाले यसले देशलाई फाइदा नै हुने बताए ।
एमसीसी पािरत गराउन संसद्भित्र र संसद्बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने उनको भनाइ छ । एमसीसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै नेता जबराले तीमध्ये हाम्रो देशकोजस्तै भूगोल भएको मंगोलियाले दुईपटक सहयोग लिएको बताए ।
सन २०१७ देखि आजसम्म एमसीसीको बारेमा विभिन्न भ्रम रहेको भन्दै उनले यसबारेमा आफूहरूले अहिलेसम्म स्पष्ट पार्न नसक्नु कमजोरी भएको पनि बताए ।
त्यस्तै नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले एमसीसीबारे अहिले कुनै पोजिसन नबनाएको बताए । सत्तारूढ दलहरूले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने उनको भनाइ छ ।