यस कारण नेपालले पार्टी फुटाए – नेता गुरुङ
२७ भदौ तनहुँ। आज एमाले सचिव पृथ्वीसुब्बा गुरुङले कांग्रेस, माओवादी र दायाँबायाँका केही शक्तिको इच्छा पूरा गर्न माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाएका छन्।
एमाले तनहुँले आइतबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले यस्तो आरोप लगाएका हुन्।
उनले भने,‛अझ ५/१० वर्ष केपी ओलीले शासन गरे अन्य पार्टीको अस्तित्व संकटमा पथ्र्यो। त्यसैले अन्य पार्टीको मतियार बनेर नेपालले पार्टी फुटाए। अब नेकपा एमाले स्वच्छ भएर अगाडि।’
उनले एकीकृत समाजवादीमा गएका जनप्रतिनिधिहरु मूलधार पार्टीमा फर्किन चाहे स्वागत गरिने बताए।