सुदूरपश्चिमको इन्चार्ज भट्ट नै हो – अध्यक्ष ओली
२७ भदौ कैलाली ।अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएका छन् ।
ओलीनिवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावलले समन्वय गर्ने र भट्टले इन्चार्जको रुपमा काम गर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले प्रदेशको अध्यक्ष कर्ण थापा नै रहने समेत बताए । यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल भट्ट र थापालाई जिम्मेवारी दिइएको थियो । भट्टलाई प्रदेश इन्चार्ज तथा थापालाई प्रदेशको अध्यक्षको हैसियतमा त्यो जिम्मेवारी तोकिएको ओलीले स्पष्ट पारेका थिए ।