जनप्रिय प्रतिस्थापन विधेयकले एमालेलाई ऐंठन बनाएछ – उपाध्यक्ष सिंह


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८
14.7K
SHARES

२८ भदौ कपिलवस्तु । आज अखिल क्रान्तिकारीकी उपाध्यक्ष पञ्चा सिंहले एमालेलाई जनप्रिय बजेटले ऐंठन गराएको बताइन् । क्रान्तिकारीको कपिलवस्तुको २०औं जिल्ला सम्मेलनमा उनले एमालेले संसद् अवरोध गरेर असंवैधानिक काम गरेको जिकिर गरिन् ।

‘जनप्रिय प्रतिस्थापन विधेयकले एमालेलाई ऐंठन बनाएछ’, उपाध्यक्ष सिंहले भनिनन्,‘संसद्को दुईदुई पटक हत्या गर्ने एमालेलाई जनताको तागतमा पुनस्र्थापित भएको संसद्मा बसेर विरोध गर्ने नैतिक अधिकार छैन ।

उनले माओवादीले सांसदको लोगोसहितको कोट लगाउने हैसियत बनाएदिएपछि एमालेले संसदमा असंवैधानिक र अराजनीतिक रुपमा कुस्ति खेल्न थालेको आरोप पनि लगाइन् । यस्तै उपाध्यक्ष सिंहले निःशुल्क शिक्षाको लागि राजनीतिक र कानुनी लडाइँसँगसँगै लड्ने उद्घोष गरिन् ।