प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २९ २०७८
4.8K
SHARES

२९ भदौ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ । नेकपा एमालेले भने लगातार संसद बैठकमा नाराबाजी गर्दै आएको छ ।

संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ ।

उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ । एमालेले प्रतिपक्षी बिनै सदन चलाएर देखाउन चेतावनी दिएको छ ।

सम्भावित कार्यसूची :