एमालेको नाराबाजी : विनियोजन विधेयक बहुमतले स्वीकृत


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २९ २०७८
3.3K
SHARES

२९ भदौ काठमाडौं । प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को  विरोधबीच बजेट स्वीकृत भएको छ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि सभामुख अग्निप्रसाद सापकोटाले  विधियोजन विधेयक–२०७८ लाई निणायार्थ पेस गरेका थिए ।  सभामुख  सापोटाले निर्णयार्थ पेस गरेको विधेयक प्रमुख प्रतिपक्षी एमाले सांसदको नाराबाजीबीच  बहुमतले स्वीकृत भएको छ ।

सभामुख सापकोटाले अर्को बैठक आउँदो असोज ४ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।