मुग्लिन–नौबिसे सडक अवरुद्ध


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
11.9K
SHARES

३० भदौ काठमाडौं । पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गएराति २ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक  दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

पहिरो गएको स्थान मुग्लिन बजारबाट करिब २ किलोमिटर काठमाडौंतर्फ पर्दछ ।