बजेट बिहीन अवस्थामा अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया
३१ भदौ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट पास किन नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । बिहीबार काठमाडौं जिल्ला कमिटीको भेलामा उनले संसद्मा आफूहरुको अवरोधबीच पनि अर्थमन्त्री दौडिएर रोष्टम पुगेको बताए ।
“बजेट बिहीन अवस्थामा देश छ । एउटा सञ्चार माध्यममा सुनेको थिएँ । नेकपा एमालेको अवरोधका कारण बजेट पास हुन सकेन । हामी नारा लगाइरहेको ठाउँमा कुदेर मन्त्री रोष्टममा गएको देख्या छैन ?”उनले भने “रिले रेसमा जस्तो कुदेको । कहाँ रोकेको छ ? चाहिएको कुरा त रोकिएको रहेन छ त ? सभामुखले यो राख भन्ने तमासा देखिएको होइन् ? बजेट चाहीँ किन नगर्या त ? अर्थोक गर्न मिल्ने बजेट किन नमिल्ने ?”
उनले भूमी आयोग चाहिएको भए किन विघटन गरेको भन्दै प्रश्न समेत गरे ।