एमालेमा माधव नेपाल चाहिन्छ – मुख्यमन्त्री शाक्य


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ३१ २०७८
7.2K
SHARES

३१ भदौ काठमाडौं । आज वाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई एमालेमा फर्कन आग्रह गरेकी छन् ।

बिहीबार एमाले काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले नेपालले लिएको बाटो गलत भन्दै मूल पार्टीमा फर्किएर आउन आग्रह गरिन् ।

“माधव नेपाल हामी सबैको नेता हो । माधव नेपाल हाम्रो अग्रज हो । उहाँले त्यही ढंगले काम गर्नुभएको छ ।

आफूले त्याग गरेको, दुःख गरेको, जन्माएको पार्टी चटक्क त्यागेर नयाँ पार्टी गठन गरेर जनमत सिर्जना गर्छु भनेको कुरा सही हुन सक्दैन,” उनले भनिन्, “म अनुरोध गर्न चाहन्छु उहाँलाई आफूले दुःख गरेको पार्टी, आफूले त्याग गरेको, जन्माएको पार्टी, हामी सबै नेताहरू लागेको पार्टीमा एकचोटि मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । एमालेलाई सुदृढ एमाले बनाउनका लागि तपाईंको भूमिका आवश्यक छ ।”