ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १ २०७८
4.4K
SHARES

१ असोज तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको मुसेखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गए राती करिब साढे १२ बजे डुम्रेबाट दमौली तर्फ जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ ।

ट्रकमा सवारमध्ये ठेगाना नखुलेको अन्दाजी २९ वर्षका ट्रक चालकको मृत्यु भएको छ भने नवलपुर, कावासोतीका १४ वर्षीय राजकुमार बिक घाइते भएका छन् ।

सामान्य घाइते भएका बिकको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको छ ।