न्यायाधीश ज्यू, मेडल अस्वीकार गरेको घोषणा गर्नुस् – नेता नेम्वाङ


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ३ २०७८
6.4K
SHARES

३ असोज काठमाडौं ।आज नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सातौँ संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदान गरिएको विभूषण/पदकमाथि टिप्पणी गरेका छन् ।

आइतबार च्यासलमा आयोजित एक कार्यक्रममा उनले संसद् विघटनविरुद्धको रिटको संवैधानिक इजलासमा बसेका न्यायाधीशहरूलाई पदक अस्वीकार गर्न आग्रह गरे । उनले पदकका विषयमा आफूलाई आश्चर्य लागेको पनि सुनाए ।

“दुःख गरेर संविधान बनायौँ । संविधान कार्यान्वयनको चरणमा छौँ । कुनै भेदभावबिना अघि बढ्छ भनेर विश्वस्त तुल्याउने र थप विश्वस्त हुने दिन पुस्कारको घोषणा सुनेँ । मलाई आश्चर्य लागेको छ,” उनले भने ।

जननिर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापितको घोषणा गर्ने अदालतका न्यायाधीश र मुद्दा दर्ता गर्ने पक्षले मेडल पाएको बेठिक भएको उनको भनाइ छ ।

“यहाँहरूले तुरुन्तै दिएको मेडललाई अस्वीकार गर्छौँ भनेर अस्वीकार गरेको घोषणा गरिदिनुस्,” उनले भने ।