यस्तो निर्णय गर्दै एमाले स्थायी कमिटि बैठक सम्पन्न
३ असोज काठमाडौं ।आज नेकपा (एमाले)का स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएको छ ।
आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटीको बैठकमा उक्त दस्तावेज बाँडिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको हो । केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आजै आफ्ना सुझाव दिएका छन् । भोलि बाँकी सदस्यहरूले सुझाव दिएपछि त्यसलाई पारित गरिने उनले बताए ।
भट्टराईका अनुसार स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ । यही असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन गर्ने तय गरिएको छ ।