यी १९२ जनाले लिएनन् पदक (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ३ २०७८
8.8K
SHARES

३ असोज काठमाडौं । राज्यले विभूषणका लागि छनोट गरेका १९२ जना व्यक्तिले अझैसम्म पदक लिएका छैनन् ।

२०६७ सालदेखि २०७५ सालसम्म विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १९२ जना व्यक्तिले पदक नलिएको सूची गृहमन्त्रालयको वेवसाइटमा देखिएको छ ।

विभूषणका लागि छनोटमा परेपनि अहिलेसम्म पदक बुझ्न बाँकी हुने सूचीमा मानवअधिकारकर्मीत्रय दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, सुवोध प्याकुरेल, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश श्रेष्ठ छन् ।

यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, डा। वीरेन्द्र मिश्र, पत्रकारहरु कणकमणि दिक्षीत, युवराज घिमिरे लगायत पनि छन् ।