एमाले स्थायी कमिटि बैठक सम्पन्न , यी हुन निणर्यहरू


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज ४ २०७८
4.6K
SHARES

४ असोज काठमाडौं ।आज नेकपा एमालेको स्थायी कमिटी बैठकमा नेताहरूले विधान महाधिवेशनमा प्रस्तुत गर्ने  विधान संशोधनसम्बन्धी प्रस्ताव, सागंठनिक प्रस्ताव र राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्तावमा सुझाव दिएका छन् ।

बैठकमा आएको सुझावलाई समेटेर केन्द्रीय कमिटीकोमा बैठकमा लैजाने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।एमालेको असोज ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्दैछ ।

केन्द्रीय कमिटीमा आएका सुझाव समेटेर विधान महाधिवेशनमा प्रस्तुत गर्ने उनले बताए । एमालेको विधान महाधिवेशा असोज १५–१७ गतेका लागि आह्वान गरिएको छ । विधान महाधिवेशनका लागि प्रतिनिधिको नामावली तयार गर्ने, व्यवस्थापन लगायताका काममा पार्टी केन्द्रीत हुने उनले बताए ।