ओली सरकारको पालामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय
५ असाेज काठमाडौ । सरकारले ओली सरकाकाे पालामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ओली नेतृत्वको सरकारका बेला राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिँदै भने, ‘राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ ।’
सरकारको यो पछिल्लो निर्णयसँगै पूर्व अर्थमन्त्री तथा अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।