यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णयहरू


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ५ २०७८
4.7K
SHARES

५ असोज काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गरेको छ । बैठकले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ संकट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गरको छ ।

यसैगरी कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गरेको छ । बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साढे १८ किलोमिटर ट्र्याकको काम सुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का पाँच निर्णय :

१. राजनीतिक नियुक्तिका सबै राजदूतहरू फिर्ता बोलाउने,

२. कर्णाली करिडोर अन्तर्गत सलिसल्ला, सिमिकोट  खण्डको बुल्दिकुनादेखि लालीबगरसम्म सडकखण्डको सात किलोमिटर र लैखुबद्री गाउँदेखि हुकाखोलासम्म १३ दशमलब ५ किलोमिटर सडक निर्माणको ट्र्याक निर्माणण कार्य नेपाली सेनालाई थाल्न स्वीकृति प्रदान,

३. कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत प्रदान । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान,

४. कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने,

५. संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन ।