माधव नेपाललाई नेता बास्कोटाले लगाए यस्तो आरोप


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ५ २०७८
7.1K
SHARES

५ असोज काठमाडौं। पूर्वसूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले माधव नेपालले एमालेको रगत र पसिनाको अवमूल्यन गरेको बताएका छन्।

मंगलबार प्रेस चौतारी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै बास्कोटाले केही स्वार्थी नेताहरू मात्र पार्टीबाट अलग्गिएको बताए।

विगतमा माधव नेपाललाई कुनै काँग्रेस र माओवादीले भोट हालेर नेता नबनाएको बास्कोटाले जिकिर गरे। उनले भने, ‘अहिले माधव नेपालको पछि लागेका चुनावसम्म एमालेमा आइसक्छन्। उहाँको पार्टी टिक्ने वाला छैन, उहाँले जबजसमेत पोलेर खाइसक्नुभयो।’

नेता बास्कोटाले आगामी चुनावसम्म माधव नेपाल र प्रचण्डलाई काँग्रेसले उपयोग गर्ने बताए। नेता बास्कोटाले एमसीसीको सम्झौता देउवा र प्रचण्डले गरेको बताउँदै उनीहरूले यसका बारेमा प्रष्ट धारण बनाउनु पर्ने बताए। उनले विदेशसँगको सम्बन्ध बिगार्न देउवा र प्रचण्ड विभिन्न खेल खेलेको आरोप लगाए।

उनले एमालेको सरकार भएका बेला एमसीसीको फाइल तत्कालीन सभामुख कृष्ण बहादुर महरा र अग्नि सापकोटाले घर्रामा थन्काइदिएको आरोप पनि लगाए।