एकीकृत समाजवादीका महासचिव छानिँदै , यी नेताको दावी


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ६ २०७८
5.8K
SHARES

६ असोज काठमाडौं । अब नेकपा (एकीकृत समाजवादी)का महासचिव चयन गरिने भएको छ । भोलि पुनः बस्ने केन्द्रीय कमिटीको बैठकमा महासचिव चयन गरिने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आज नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बसेको बैठकमा महासचिव चयनलगायत विषयमा छलफल भएको हो ।बैठकबाट राजनीतिक प्रतिवेदन पारित गरिएको छ । हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाएर छलफल गरिएको थियो । केन्द्रीय कमिटी सदस्यहरूले विभिन्न सुझावहरू दिएका थिए ।

भोलि बिहान ११ बजे अर्पण ब्यांक्वेटमै केन्द्रीय कमिटीको बैठक बस्ने खतिवडाले बताए । बैठकमा केन्द्रीय कमिटी विस्तार, नेताहरूको जिम्मेवारी बाँडफाँडलगायत विषयमा छलफल हुने उनले जानकारी दिए । विभिन्न नेताहरूको दावी रहेतापनि मुख्य गरि राजेन्द्र पाण्डे , गंगालाल तुलाधर , विरोध खतिवडा लगायतको चर्चा रहेको छ ।