प्रचण्डसॅंग चुनाव लड्न तयार छु – नेता बादल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ८ २०७८
3.9K
SHARES

८ असोज चितवन । आज माओवादी छाडेर एमाले प्रवेश गरेका नेता राम बहादुर थापा बादलले प्रचण्डले पार्टीको लाईन छाडेर पलायन भएको आरोप लगाएका छन् ।

प्रेस चौतारी चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बादलले एकता भएको पार्टीबाट पलायन भएर दाहालले नयाँ गुट स्थापना गरेको दाबी गरे । अब चुनावमा प्रचण्डसँग प्रतिस्पर्धा गर्न आफू तयार रहेको बादलको भनाई छ ।

लिम्पियाधुरा, एमसीसी लगायतका विषयमा छिमेकी राष्ट्रको अहित हुने गरी नबोल्न गृहमन्त्रालयले सार्वजनिक गरेको पत्रले यो गठवन्धन किन र कसरी के का लागि बनेको भन्ने प्रष्टै रहेको बादलको टिप्पणी छ । उनले देशको सबै भन्दा ठूलो पार्टी एमाले भएको पनि बताए ।