काग्रेसको ६४ जिल्लामा पालिका तहको अधिवेशन आज हुदै


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज ९ २०७८
9.3K
SHARES

९ असोज काठमाडौं । आशन्न १४ औं महाधिवेशन अन्तरगत नेपाली कांग्रेसले आज ६४ जिल्लामा पालिका तहको अधिवेशन गर्दै छ । केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डडेलधुरामा पनि अधिवेशन हुने छ।

संस्थापन इतर समूहले बहुमतले अस्विकार गरेको डडेलधुराको वडा अधिवेशननै पुनः गराउन माग गरिरहेको छ ।

श्रेष्ठले भने, “हाम्रो कार्यतालिका अनुसार ६४ जिल्लाको गाउँ र नगरपालिका अधिवेशन आज हुन्छ । कुनै जिल्लाले पनि रोकियो भन्ने सूचना छैन ।” अधिवेशन बिहान १० बजेबाट शुरू हुने निर्वाचन समितिले जनाएको छ ।