घट्यो कोरोना संक्रमितको संख्या
९ असोज काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५० पीसीआर परीक्षणमा ७ सय ९० जना र ३ हजार ५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ । जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा र १३६० जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३६३ जना आईसीयूमा उपचाररत छन् भने १०९ जना भेन्टिलेटरमा उपचाररत छन ।
शुक्रबार १ हजार ४७६ जनामा संक्रमण देखिएकोमा आज घटेर ९ सय ५३ जनामा संक्रमण देखिएको छ ।