नेपालमा एमाले चुनावपछि भेटिँदैन – अध्यक्ष तामाङ


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज ९ २०७८
11.8K
SHARES

९ असोज पोखरा। आज नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले आगामी निर्वाचनले एमाले खोज्न सीमापारि जानुपर्ने बताएका छन्। कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी)गण्डकी प्रदेशको सम्मेलनमा तामाङले यस्तो जिकिर गरेका हुन।

एमाले अध्यक्ष केपी ओलीको पटक-पटकको प्रतिगमनकारी कदमपछि जनताहरू एमालेलाई पाठ सिकाउन निर्वचन कुरेर बसेको उनले बताए।

ओली कदमलाई साथ दिने एमाले नेता कार्यकर्ताले आफ्नै खुट्टामा बन्चरो चलाएको उनको टिप्पणी छ। तामाङले अनेरास्ववियूले समेत विद्यार्थी आन्दोलनमाथि कालो पोतेको, विद्यार्थी आन्दोलनलाई मण्डलेकरण गरेको लगायतका आरोपहरू लगाए। ‘संसद् अपहरणको साक्षी र समर्थक बनेर एमाले अनेरास्ववियूले गम्भीर अपराध गरेको छ।

देशका शैक्षिक संस्थाहरूमा विद्यार्थीहरू हिसाब गरेर बसिराखेका छन्। आउँदो स्ववियू निर्वाचनमा प्रतिगमनको मतियार बनेको अनेरास्ववियूका निम्ति अन्तिम निर्वाचन हुनेछ।’ उनले भने, ‘मण्डले विद्यार्थी संगठनले आउँदो स्ववियू चुनावमा उम्मेदवार समेत नपाउने स्थिति बन्नेछ।