अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न , अध्यक्षमा शाही


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज ९ २०७८
6.9K
SHARES

९ असोज पोखरा । अहिले नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । चार दिनसम्म पोखरामा चलेको सम्मेलनले ८५ सदस्यीय केन्द्रीय समिती चयन गरेको छ । सम्मेलनले प्रकाश शाही अध्यक्ष र मिलन राई महासचिव चयन गरेकोछ ।

जसको उपाध्यक्ष नरेन्द्र बिक, सचीव बिरेन्द्र शाह र कोषाध्यक्ष रुपाबुढा मगरलाई चयन गरेको हो ।
नेकपाका महासचिव विप्लवद्धारा पोखराको चिप्लेढुङ्गामा उद्घाटन भएको सम्मेलन चार दिनदेखि पोखराको लेकसाइडमा बन्दसत्र चलेको थियो ।

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन भर्खरै सकिएको हो । सम्मेलन ३ ८ गते नै सकिने तय भएतापनी एक दिन थप लम्बिएको थियो ।
झन्डै साढे तिन वर्ष अगाडी दाङमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनमा क्रान्तिकारीमा ३० बर्षे उमेरको हदबन्दी लगाइएको थियो । तर यसपटक भने उमेर हदबन्दी हटाएर नेतृत्व चयन गरिएको जनाएको छ ।