क्रान्तिकारीको महासचिवमा कार्कीको बलियो दाबेदारी
१६ असोज काठमाडौ । अखिल क्रान्तिकारीको २२ ओँ सम्मेलनको आज तेस्रो दिन नयाँ नेतृत्व आउदैछ ।
अध्यक्षमा निवर्तमान उपाध्यक्षहरु पन्चा सिह,दिपक देबकाेटा,सुरेन्द्र बस्नेत,विजय गाैतम र तिलक राज भण्डारीको दाबेदारी रहेको छ।
अध्यक्षको रिङबाट बाहिरका केही उपाध्यक्षहरुकाे महासचिवमा दावी रहेता पनि माहासचिवमा वर्तमान सचिव पवन कार्कीकाे बलियो दाबेदारि छ। स्कुल जीवन देखिनै क्रान्तिकारीमा आबद्ध कार्की रामेछापका हुन ।उनी राजधानीकाे प्रमुख बाणिज्य क्याम्पस नेपाल कमर्स क्याम्पसका क्याम्पस अध्यक्ष,क्याम्पस जिल्ला अध्यक्ष ,बागमती प्रदेश अध्यक्ष हुँदै २१ओँ राष्ट्रिय समेलनमा बागमती प्रदेश अध्यक्ष निर्वचित केन्दिय सचिव हुन । उनिसंग संगठनमा करिब १५ बर्ष बिभिन् नेतृत्वमा रहेर काम गरेको अनुभव छ। संगठक र वाक कलामा पाेक्त रहेका कार्की आम विद्यार्थी र पाटिकाे राेजाईका मुख्य पात्र हुन।