विद्यार्थी संगठमा २४ वर्ष विताए , अब पार्टीको जिम्मेवारीमा रहने छ – नेता भण्डारी


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १८ २०७८
7K
SHARES

१८ असोज काठमाडौ । नेकपा माओवादी केन्द्रले अखिल (क्रान्तिकारी)को अध्यक्षमा महिला नेतृ पंचा सिंहलाई तोके पछि अध्यक्षका प्रमुख दाबेदार तथा निवर्तमान उपाध्यक्ष तिलक राज भण्डारीले बाधाई दिएका छन ।अध्यक्षमा  प्रमुख र बलियो दावेदारी रहेको उनको अबको राजनीति यात्रा पार्टी रहने छ । विद्यार्थी संगठनमा २४ वर्ष विताएका नेता भण्डारीलाई पार्टीले केन्द्रिय सदस्य बनाएको छ ।

नेता भण्डारी २०५४ मा अखिल(क्रान्तिकारी)मा संगठित हुदै २०५६ मा एसएलसी दिएर सम्पूर्ण कुराहरूलाई तिलानजलि दिएर जनयुद्धमा भूमिगत भएका हुन् । २०५८ भदौ २८ मा अखिल (क्रान्तिकारी)को  जिल्ला सम्मेलनबाट जिल्ला सदस्य हुदै २०५९ मा उपाध्यक्ष र २०६१ मा अध्यक्ष समेत भएका हुन । उमले २०६०श्रावण देखि मंशिरसम्म संगठनको केन्द्रीय योजना  र राप्ती धौलागिरी समन्वय समितको परिचालनमा संचालित ” चुनवमङ जनसाक्षर अभियानको नेतृत्व गरेका थिए । २०६३ मा राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निवार्चित हुदै २०७० मा सचिव बनेका थिए । लेखन र बोल्ने कलामा पोख्त रहेका भण्डारी २०७४ मा निवार्चन मार्फत उपाध्यक्षमा निवार्चित भएका हुन् । अबको उनको राजनीति यात्रा पार्टी केन्द्रिय सदस्यको कार्यविभाजन त्यहि क्षेत्रमा नै रहने छ ।