जे होस् मेरो संगठन वचोस् – नेता अधिकारी
२० असोज काठमाडौ । अखिल (क्रान्तिकारी) को २२औ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा नया नेतृत्व आएपछि संगठनबाट विदा भएका निवर्तवान महासचिव उत्तम अधिकारीले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन ।
एउटा निरन्तरताको अन्त्य भएको छ ।प्यारो संगठन अखिल (क्रान्तिकारी )को जिम्मेवारीवाट विदा भएको छु ।२०५६ सालमा अस्कल क्याम्पसमा आई एस्सी पढ्न आए सँगै शिफ्ट कमिटिबाट शुरुवात भएको अखिल यात्रा संगठनको महासचिवको जिम्मेवारीबाट अन्त्य भएको छ ।
अस्कल बाट शुरुवात भएको जिम्मेवारीको क्रममा अस्कलको इकाइ सदस्य ,काठमाडौं जिल्ला सदस्य ,क्याम्पस जिल्ला समितिको सचिव,ललितपुर जिल्ला समितिको सह संयोजक ,ललितपुर जिल्ला समितिको दुई कार्यकाल अध्यक्ष ,संगठनको केन्द्रीय सदस्य हुदै १८ अौ राष्ट्रिय सम्मेलन बाट सचिवालय सदस्यमा निर्वाचित भएको थिँए । तत्कालीन नेकपा (माओवादी ) पार्टी भित्र देखिएको चरम संघर्ष र विभाजन पछि वैद्य निकट क्रान्तिकारीमा समाहित हुँदै कार्यलय सचिव,छोटो समय पुर्वाञ्चल विश्व विद्यालय संयोजक ,सिटिईभिटी संयोजक,केन्द्रीय सचिव र महासचिवको रुपमा जिम्मेवारी पूरा गरेको थिँए ।टुट फुट र विभाजनले माओवादी आन्दोलनमा उत्पन्न संकटबाट क्रान्तिकारी आन्दोलन र नेतृत्वको रक्षाका लागि छरिएर रहेका माओवादी धाराको ऐतिहासिक एकता र माओवादी केन्द्रको पुनर्गठन पछि एकीकृत वनेको अखिल (क्रान्तिकारी )को केन्द्रीय उपाध्यक्ष र पहिलोपटक प्रत्यक्ष निर्वाचन भएको संगठनको २१ अौ राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित भएको थिँए ।
जिम्मेवारीको दौरानमा तीन पटक गरि चार वर्ष भन्दा वढी समय जेल जीवन व्यतीत गर्न परेको थियोे । जीवनको उर्जाशिल समय खर्च भएको अखिल क्रान्तिकारीको जिम्मेवारी मेरो राजनीतिक यात्राको अनुभव -अनुभुति,सिकाइ-भोगाइ,समर्पण र संघर्षको महाविद्यालय वनेर रहने छ । माथिवाट हात दिने परिवारका सदस्य कोही पनि राजनीतिमा नभएको म जस्तो व्यक्तिले भोग्नु पर्ने अप्ठ्यारो र चुनौतिहरुको महसुस पनि गहिरो गरि पारख गर्न सिकियो ।हुन त आज आन्दोलन भित्र नगरेको परिश्रमको पनि ब्याज सहित ज्याला खोज्ने प्रवृत्ति मौलाउन खोजेको छ।व्यक्ति वादले गाँज्न थालेको छ। आन्दोलनको रक्षाका लागि शुद्धीकरणको जरुरी छ ।अध्यक्ष वनेर संगठनको नेतृत्व गर्ने स्वभाविक रहर थियो पूरा भएन ।यो रहर पूरा नभए पनि मलाई मेरो संगठनले धेरै चिज दिएको छ।परिचय दिएको छ ।अनुशासन सिकाएको छ।समाज चिनाएको छ।मित्र र दुश्मन पहिचान गर्न सिकाएको छ ।व्यानरका अगाडि लुछाचुडी गर्दै क्यामेरामा आफ्नो अनुहार भिडाएर सामाजिक सन्जालमा पोष्ट गर्ने आतुरी नजाने पनि भिड भित्रै रहेर पनि वर्ग निष्ठाका निम्ति धैर्य गर्न, सामुहिकतामा विश्वास गर्न ,षड्यन्त्र होइन राजनीतिमा विश्वास गर्न मलाई मेरो संगठनले नै सिकायो ।कतिपय मामिलामा “आधुिनक” हुन सकिएन होला तर जति सकिन्छ निष्ठा वचाउन कोसिस गरें ।सफल भँए वा असफल जाँच्ने जिम्मा तपाई कमरेडहरुलाई नै ।
सुदुर यात्रामा दिशानिर्देश गर्न आइपुग्नु भएका आदरणीय कमरेडहरु र संगत गरेका कतिपय आत्मिय कमरेडहरु सहिद वन्नु भएको छ, कोही आज सम्म वेपत्ता छन्।आदर्श र भोगाइका विचमा देखिएको वेमेलका कारण आशावादको दर्शनका अनुयायी भए पनि आन्दोलनका गल्छेडाहरुमा कतिपय वेला निराशाले नछोएको हैन ।तैपनि सहिद-वेपत्ताका अनुहारहरु स्मृतिमा ताजै छन्। झक झक्याउछन् अझै सपनाहरुले ।त्यसैले आशा -निराशा -नयाँ संकल्प र फेरि आशाको राजनीतिक चक्र पार गर्दै यहाँ सम्म आईपुगेको छु । यो यात्राको क्रममा मार्ग दर्शन गर्ने आदरणीय अग्रजहरु,वैशाखी वनेर साथ दिने सहयोद्दा कमरेडहरु र उत्साह दिने कार्यकर्ता पंक्ति सवैमा हार्दिक आभार व्यक्त गर्दछु ।कतिका अपेक्षा पूरा हुन सहयोगी वनें हुँला कतिका अपेक्षाका वाधक।सोझो मान्छे कतिपय ठाउँमा वाठो वन्न नसक्दा विग्रिन पुग्यो होला ।निर्वाचन पछि वनेको मनोविज्ञान व्यवस्थापन हुन नसक्दा थिलोथिलो वनेको संगठनमा मझधारमा उभिन खोज्दा लिनु पर्ने आवश्यक पहल कतै फितलो वन्यो होला ती सवै कमजोरी प्रति आत्म आलोचित हुन चाहन्छु ।
म प्रवेश गर्दै गर्दा यो अखिल (क्रान्तिकारी ) संस्कार युक्त थियो,क्रान्तिकारी थियो,नेता भन्दा वढी एजेन्डामा,पद भन्दा वढी आन्दोलनमा विश्वास गर्थ्यो ।आज मुलत क्रान्तिकारी नै भए पनि यो संगठन भित्र प्रदुषण छिरेको छ ।अघिल्लो सम्मेलनको तुष मिल्काएर एकतावद्द अखिल वनाउन हामीले सम्मेलनबाट सहमतिमा नेतृत्व छान्न खोज्यौं तर घोषणा सम्म आँउदा देखिएको घटनाक्रमहरुले साञ्चै संगठन प्रवृतिगत रुपमा गम्भीर मोडमा छ।यो कठिन घडीमा पार्टीको विश्वास जितेर अध्यक्ष वन्नु भएकी सहयोद्दा कमरेड पञ्चा सिंहलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना ।आन्तरिक पंक्तिमा व्यापक शुद्धीकरण ,संगठन भित्र एकता र विश्वास कायम गराउन तथा वाह्य शैक्षिक संघर्षमा धारिलो वनोस्,हामी नजिकै हुनेछौं ।
अन्त्यमा ,पहिलो पल्ट हिरासतवाट फर्के पछि अस्कल इकाइको तर्फबाठ गरिएको सम्मान कार्यक्रममा तत्कालीन महासचिव आदरणीय पुर्ण पौडेलले हामीलाई अविर घस्दै भन्नु भएको थियोे कि यो अविर होइन सहीदका रगत हुन् मर्यादा राख्नुहोस् भन्नू भएको थियोे ।विदा लिदाको यो दिन सम्म मर्यादा कायम गरेको छु झैं लाग्छ।दुई चार अनुभुति साथीहरुसँग वन्दसत्रको हलमै राखेर विदा हुन मन थियो पाइएन ।जे होस् मेरो संगठन वचोस्।यो अभिभारा कमरेड पञ्चा र वाँकी साथीहरूलाई ।अब वाँकी जीवन पार्टी राजनीतिमा ।