मन्त्री छान्न माओवादीले बोलायो स्थायी कमिटी बैठक बस्दै , को-को हुदै छन् मन्त्री ?


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २० २०७८
12.8K
SHARES

२० असोज काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ ।

दिउसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने छ ।

स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारीअनुसार यसअघि पनि मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएकाले आज पनि सोही निर्णय कायमै रहन सक्ने सम्भावना पनि छ । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने छ ।