संसद बैठक बस्दै, एमालेको विरोध जारी रहने
२२ असोज काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा अवरोध विरोध गर्दै आएको छ । एमालेले आजको बैठकमा पनि विरोधलाई निरन्तरता दिने तयारी गरेको छ ।
यसअघि बसेको बैठक पनि एमालेकै विरोधका कारण सात मिनेटमात्रै बसेर स्थगित भएको थियो ।
पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ । सभामुख सापकोटाले ‘बाटो खाली नगरेसम्म विरोध जारी रहने एमालेको अडान छ ।
संसदको अवरोध खुलाउने विषयमा सभामुख सापकोटाले र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकसमेत प्रतिपक्षी दल एमालेले बहिस्कार गरेको थियो ।