उद्योग मन्त्री हमालको राजीनामा स्वीकृत


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २४ २०७८
7.3K
SHARES

२४ असोज काठमाडौ । आज नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए। मन्त्री हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन्।

हमाल मन्त्री बनेपछि आलोचना भइरहेको थियो। हमाल गत असोज २२ मा मन्त्री बनेका थिए।