बोलेरो जीप दुर्घटना हुदा १५ जना घाइते
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक २ २०७८
6.2K
SHARES
२ कात्तिक गोरखा ।आज गोरखाको गण्डकी गाउँपालिकाको बेनिघाट नजिकै मलेओडारमा बोलेरो जीप दुर्घटना हुदाँ १५ जना घाइते भएका छन्।
दर्बुङबाट बेनिघाट जादै गरेको ना ४ च ७७३८ नम्बरको बोलेरो ब्रेक फेल हुँदा १५ जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइत मध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । क्षमताभन्दा बढी लोड हुँदा बोलेरो दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।
बोलेरोको ब्रेक फेल भएपछि चालकले गाडीलाई भित्तामा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगाउन सफल भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट