यस कारण सर्यो प्रतिनिधिसभाको बैठक


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २ २०७८
8.9K
SHARES

२ कात्तिक काठमाडौ । कात्तिक ९ गतेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक दुई दिन सारिएको छ। नेकपा एमालेको आग्रहमा सभामुख अग्नी सापकोटाले बैठक सारेका हुन्। प्रतिनिधि सभाको बैठक ९ गते १ बजेका लागि डाकिएको थियो।

संसद सचिवालयले सूचनामार्फत् उक्त बैठक ११ गते २ बजेका लागि सारिएको जानकारी दिएको हो। कात्तिक ९ गते एमालेले देशभरका ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ। त्यसअघि कात्तिक ६ गते एमालेको देशभरका वडाहरुमा अधिवेशन हुँदैछ।